प्रदेश

नेपाल खुला विश्वविद्यालयमा एकवर्षे वीएड सुरु हुँदै




कुलराज भुसाल, २५ फागुन
नेपाल खुला विश्वविद्यालयमा एकवर्षे वीएड कार्यक्रम सञ्चालनमा आउन लागेको छ । विश्वविद्यालयले सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गत पेडागोजिकल साइन्स विषयमा एक वर्षे वीएड कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । सेमेष्टर प्रणालीमा सञ्चालन गरिने उक्त कार्यक्रम २ वटा सेमेष्टरको हुने बताइएको छ । विश्वविद्यालयले प्रोफेशनल डिग्रीको रुपमा अगाडी सारेको उक्त कार्यक्रमको लागि भर्ना समेत आह्वान भइसकोको छ ।
विश्वविद्यालयले फरक शैलीमा सञ्चालन गर्न लागेको एक वर्षे वीएड कार्यक्रमको सन्दर्भमा लुम्बिनी प्रदेशको कपिलवस्तुमा अन्तक्र्रिया सम्पन्न गरेको छ । सिद्धार्थ क्याम्पस बाणगंगाकोे सभा हलमा सम्पन्न उक्त अन्तक्र्रियामा विश्वविद्यालयका प्राध्यापक एवं एक वर्षे वीएड कार्यक्रम संयोजक डा। कर्ण रानाले कार्यक्रमका विविध पक्षहरुको बारेमा स्पष्ट पार्नभएको थियो । डा। रानाले एक वर्षे वीएडलाई व्यवसायिक बनाउनको लागि तालिम एवं अभ्यासमा आधारित गराउदै सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।
विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिप प्रदान गर्न शैक्षिक तालिम गराउने विभिन्न निजी संस्थासँग समन्वय गर्नुका साथै स्थानीय निकाय र विद्यालयहरुसँग सिधा सहकार्य गर्ने योजना रहेको रानाले बताउनुभयो । विद्यार्थीहरुको अभ्यासको लागि हरेक प्रदेशमा यसै वर्षदेखि दुई–दुई वटा विद्यालय छनौट गरी प्रयोगशाला विद्यालय ९ल्याब स्कुल० को रुपमा विकास गर्ने योजना समेत रहेको रानाले जानकारी दिनुभयो । छनोटमा परेको विद्यायलयहरुलाई नमुनाको रुपमा विकसित गर्न स्थानीय निकाय र विद्यालयसँग साझेदारी गर्दै विश्वविद्यालय अघि बढ्ने रानाले बताउनुभयो । रानाका अनुसार दुइ वटा सेमेष्टर, व्यवसायिक डिग्रीे, अनलाइन कक्षाहरु, विद्यालय केन्द्रित तालिम, निरन्तर विद्यार्थी मूल्याङ्कन पद्दती र परम्परागत परीक्षा हलको विस्थापन जस्ता मूख्य विशेषता यस एक वर्षे वीएडका रहेका छन् ।
अन्तक्र्रिया कार्यक्रममा बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले नवीनतम प्रविधिमा आधारित भएर अनलाइनको माध्यमबाट घरमै बसेर आफ्नो अध्ययन अगाडी बढाउन सकिने भएकाले खुला विश्वविद्यालयको कार्यक्रम प्रभावकारी हुनेमा आफु विस्वस्त भएको बताउनु भयो । शाखा प्रमुख भट्टराईले विश्वविद्यालयसंग सहकार्य गर्न बाणगंगा नगरपालिका र नगर अन्तर्गतका विद्यालय तयार रहेको जानकारी समेत दिनुभयो । उहाँले बाणगंगा नगरपालिकामा अन्तक्र्रिया कार्यक्रम राखेर धेरै कुरा बुझ्ने अवसर प्रदान गरेकोमा विश्वविद्यालय प्रति आभार व्यक्त गर्नुभयो ।
सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख खेमराज शर्माले त्रिभुवन विश्वविद्यालयले समेत एकवर्षे वीएड कार्यक्रम बन्द गरेको बर्तमान अवस्थामा नेपाल खुला विश्वविद्यालयको एकवर्षे वीएड कार्यक्रम एउटा उत्तम विकल्प हुनसक्ने औंल्याउनुभयो । आफु बसेकै ठाउँबाट आफ्ना पेशा व्यवसाय गर्दागर्दै पनि अध्ययनलाई अघि बढाएर व्यवहारिक ज्ञान सिप आर्जन गर्ने अवसर नेपाल खुला विश्वविद्यालयले दिएको हुँदा यसबाट धेरैले लाभ लिन सक्ने बताउनुभयो । शर्माले विश्वविद्यालयसंग आवश्यक सहकार्य गर्न आफुहरु सदैब तत्पर रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमा बाणगंगा नगरपालिका शिक्षा शाखाका अधिकृत, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापक, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण विश्वविद्यालयकी प्राध्यापक डा।अनिला झाले गर्नुभएको थियो ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६