अन्तर्राष्ट्रिय

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु



काठमाडौं, २६ फागुन । सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ ।अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो ।

अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको जानकारी दिएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ केही दिनयता उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएको थियो । तर अन्तिम घण्टासम्म पनि आफ्ना परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । उनलाई निको हुँदैन भन्ने जान्दाजान्दै पनि उनको उपचार जारी राखिएको थियो ।

मुटु प्रत्यारोपण गर्ने चिकित्सक टोलीको नेतृत्व गरेका सर्जन बार्टले ग्रिफिथले भेनका छन्, ‘उनी एक बहादुर र महान बिरामी सावित भए । उनले अन्तिमसमयसम्म लडाइ लडे । हामी उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६