अर्थ-वाणिज्य

प्रदेश विश्व विद्यालय कपिलवस्तु सार्न मुख्यमन्त्री केसी दृढ




कपिलवस्तु १ चैत । बाँकेमा स्थापना गर्ने भनिएको विश्वविद्यालय कपिलवस्तुमा सार्ने निर्णयप्रति लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी दृढ देखिनु भएकोछ । सो निर्णय पश्चात गुनासो गर्न आएकाहरुसँग लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी तर्किदै यस्तो संकेत गर्नु भएको हो । मख्यमन्त्री केसीले पूर्वमन्त्रीलाई आरती पौडेलसहितका व्यक्तिहरुलाई मंगलबार आफ्नै कार्यालयमा बस्न लगाएर छलफल नै नगरि अन्तै गएपछि यस्तो अवस्था देखिएको हो ।
लुम्बिनी प्रदेशसभाबाट समेत अनुमोदन गरि सरकारको नीति कार्यक्रम बनेको प्रदेश विश्वविद्यालय बाँकेको खजुराबाट अन्यत्र सार्ने निर्णय सच्याउन माग गर्ने ध्यानाकर्षण पत्रसहित बाँकेबाट बुटवल आएका समूहलाई समय दिएर पनि भेटनै नगरी मुख्यमन्त्री केसी कपिलवस्तु तिर लाग्नु भएको हो ।
रुपन्देहीकै होटल ड्रिमल्याण्डको एक कार्यक्रममा रहेका उहा पूर्वमन्त्री पौडेल बुटवलमै अवस्थित आफ्नो कार्यालयमा पर्खिरहेको जानकारी हुँदाहुँदै पनि वास्ता नगरी कपिलवस्तु लाग्नुले विश्व विद्यालय सार्ने निर्णयमा मुख्यमन्त्री समिक्षा गर्ने पक्षमा नभएको स्पष्ट भएको हो । मुख्यमन्त्रीलाई सोमबार नै टेलिफोन मार्फत समय माग गरेर भेट्ने सहमति गरे पनि भेट्नलाई बुटवल आएपछि भने आफूहरुलाई बेवास्ता गरिएको मन्त्री पौडेलले वताउनु भयो ।
पूर्ववर्ति सरकारको नीति तथा कार्यक्रममा परेको प्रदेश विश्वविद्यालय खजुरामा स्थापना गर्ने निर्णय विरुद्ध मुख्यमन्त्री केसी र प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीको योजनामा खजुराबाट अन्यत्र सार्ने योजना सार्वजनिक भएसँगै बाँकेमा आन्दोलनको तयारी गरिएको छ ।
उक्त निर्णय सच्याउन माग गर्दै पूर्वमन्त्री पौडेलको नेतृत्वमा बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपती लगायका प्रतिनिधिहरुले आफ्नो गुनासो सुन्ने प्रयास नगरेको भन्दै मुख्यमन्त्रीको आलोचना गरेका छन् । विश्वविद्यालय सार्ने विषय सञ्चारमाध्यमहरुमा आएसँगै खजुरा क्षेत्रका स्थानीय सरकार सहित बाँके र बर्दियाका स्थानीयबासीहरु आन्दोलित बनेका छन् ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६