अन्तर्राष्ट्रिय

भैरहवा विमानास्थल :५०० बढी स्थायी दरबन्दी तर कर्मचारी अभाव जटिल बन्दै




भैरहवा २ चैत्र। भैरहवा अन्तराष्टिय विमानास्थलमा ५०० बढी स्थायी दरबन्दी भएपनि कर्मचारी अभाव जटिल बन्दै गएकोछ । यो विमानस्थलका लागि प्रशासन तर्फ कुल एक सय ५१ जनशक्तिको स्थायी दरबन्दी रहे पनि अहिले ३६ जनाले मात्रै काम गरिरहेका छन् । विमानस्थलका प्रमुख दाहालले विमानस्थलको सुरक्षालगायत अन्य कामका लागि नेपाल प्रहरीको कम्तीमा पनि एक सय ७० र नेपाली सेनाको एक सय ७० दरबन्दी रहेको छ ।
भर्खरै निर्माण सम्पन्न भइ व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वायु सेना कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध विमानस्थलबाट चाँडो भन्दा चाँडो अन्तर्राष्ट्रिय उडान गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएसँगै अहिले पाँच कम्पनी सम्पर्कमा आएका हुन् ।
कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायु सेवा निगम, कतार एअरवेज, थाइल्यान्डको थाई स्माइल वायु सेवा कम्पनी नियमित उडान–अवतरणका लागि सम्पर्कमा आएका प्राधिकरणले जनाएको छ । विभिन्न कम्पनी सम्पर्कमा आएसँगै थप अध्ययनको काम सकेर उडान–अवतरणका लागि अनुमति दिइने प्राधिकरणका महानिर्देशक तथा इन्जिनियर प्रदीपकुमार अधिकारीले बताउनुभयो । यसैगरी आवश्यक जनशक्तिको अभाव रहेका कारण केही काममा समस्या भइरहेको गौतम बुद्ध विमानस्थलमा प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । आउँदो जेठ २ गतेदेखि यो विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान–अवतरण सुरु गर्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६