अन्तर्राष्ट्रिय

साफ यू–१८ महिला च्याम्पियनशिपको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित



काठमाण्डौ – साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । भारतको जमसेदपुरमा आज बिहीवार भएको खेलमा नेपाल बङ्गलादेश ४-२ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमै ४-१ ले अघि रहेको बङ्गलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन । नेपालले भने दोस्रो हाफमा एक गोल थप्दै बङ्गलादेशसँगको हार ४-२ को अवस्थामा पुर्यायो ।

बङ्गलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इटी खातुन र शाहदा अख्तर रिपाले गोल गरिन् । नेपालका लागि दीपा शाही र अमिशा कार्कीले गोल गरिन् ।

लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । यसअघि नेपाल भारतसँग ७-१ को फराकिलो अन्तरमा पराजित भएको थियो । दुई खेलमा एक अङ्क पनि नजोडेको नेपाल पुछारमा छ । भारत र बङ्गलादेशले समान तीन अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा छ । बङ्गलादेश दोस्रो स्थानमा छ ।

अब नेपालले मार्च २१ मा फेरि भारतसँग र मार्च २३ मा बङ्गलादेशसँग खेल्नेछ ।

डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६