खोज–अनुसन्धान

कपिलवस्तुको मधेस क्षेत्रमा एमालेको जनलहर : चुनाव जित्न प्रदेश नेतालाई वडास्तरमा जिम्मेवारी




कपिलवस्तु ७ चैत्र । नेकपा एमालेका प्रदेशकमिटी सदस्य आजाद अहमद दर्जिले कपिलवस्तुको दक्षिणी भेगमा एमाले प्रति असाधारण जनलहर श्रृजना भएको दावि गर्नु भएको छ । एमाले कपिलवस्तु नगरको विस्तारीत बैठकलाई संबोधन गर्दै उहाले यस्तो वताउनु भएको हो । सो अवसरमा एमालेका कार्यवहाक जिल्ला अध्यक्ष विश्राम प्रसाद थारुले बहालवाला सांसद बृजेश कुमार गुप्ता र प्रदेश सांसद धरमवहादुरलाल श्रीवास्तव सहित ठूलो संख्याका एमालेमा प्रबेशसंगै कपिलवस्तुमा यसपाली १० वटैतहमा चुनाव जित्ने दावि गर्नु भयो ।


नगर अध्यक्ष श्याम प्रसाद प्रजापतिको अध्यक्षता र नगर उपसचिव रुकैया खातुनको सहजीकरणमा भएको बैठकमा एमालेका सचिवालय सदस्य भेषराज पाण्डेले बोल्दै १२ वडा मध्ये २ वडामा सेट जितेको एमालेले यसपाली कपिलवस्तु नगरपालिकाका सबैवडामा सबै सेट जीत्नेमा कुनै शंका नरहेको स्पष्ट पार्नु भयो । नगर इन्चार्ज सरिता आचार्यले कपिलवस्तु नगर एमालेको बलियो किल्ला बन्ने ठोकुवा गर्नु भयो ।नगर बैठकले यहि चैत्र १० गते नगरका १२ वटै वडामा बैठक राख्ने निर्णय गरेको छ भने चैत्र १४ गते केपि शर्मा ओली आउने तौलिहवाको चुनावी सभामा नगरवाट ५ हजार जनसहभागि जुटाउने निर्णय गरेको अध्यक्ष श्याम प्रजापतिले जानकारी दिनु भयो ।


यसैगरी नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरेर कपिलवस्तुका पालिकाका वडास्तरमा प्रदेशकमिटी सदस्यहरुलाई खटाएको छ । बाणगंगाको वडा नं ४, ५,६, १० र ११ मा पार्टी कामको नेतृत्व गर्नु भएका एमालेका निवर्तमान जिल्ला अध्यक्ष एवम प्रदेशकमिटी सदस्य झविलाल पोखरेलले यतिबेला आफू टोलवस्तीमा पुगेर पार्टी संगठनलाई सुदृढ गर्ने काममा लागेको वताउनु भएको छ । उहाले वाणगंगा ४ को वडा कमिटीको विस्तारीत बैठकमा वोल्दै यस्तो वताउनु भएको हो ।
सोही बैठकमा वोल्दै अर्का प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद पौडेलले आफूले ४ दशक देखि एमालेमा सकृृय राजनीति गरेको वताउदै यसपाली प्रतिपक्ष्ँमा रहेको एमालेका उच्च जनलहर देखा परेको दावि गर्नु भयो । वडा अध्यक्ष कृष्ण वहादुर शाहीको अध्यक्षतामा भएको बैठकमा प्रदेश नेता द्रोणराज सुवेदी ,बाणगंगाका उपमेयर चक्रपाणी अर्याल , पूर्व जिल्ला सचिव धर्म भुसाल , जिल्ला सचिवालय सदस्य भेषराज पाण्डे , चेतना अधिकारी , जिल्ला कमिटी सदस्य छवि रेष्मी लोकनाथ ज्ञवाली सहितका नेता एवम वडाका अगुवा कार्यकर्ताको उपस्थिती थियो ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६