प्रदेश

जनयुद्धका घाइते भेट्न अस्पताल पुगे प्रचण्ड, खर्चको अभाव हुन नदिने



काठमाडौं, ०८ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत जनयुद्धु का घाइतेलाई भेटेका छन्।

वीर अस्पताललमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ६ का रानालाई भेट गरि प्रचण्डले उपचारको लागि खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका बेला उनको टाउकोमा गोलीको छर्रा लागेको थियो। त्यसपछि घाइते भएका उनी शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए। टाउकोमा लागेको चोट फेरि बल्झिएपछी रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो । टाउकोमा नसा ब्लक भएपछि रानाको दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको उनको उपचारमा संलग्न चिकित्सकहरुले प्रचण्डलाई बिफ्रिङ गरेका थिए।

रानाकी श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएपछि अध्यक्ष प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

‘उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ, सरकारसँग पनि कुरा गर्छौ’ उनले भने, ‘खर्चको दुःख हुन अब दिन्न, दिइन्नँ।’

प्रचण्डले रानाकी श्रीमती वर्षाको रोजगारी र ७ वर्षीय छोराको शिक्षादीक्षाका लागि उचित पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित : ८ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६