अन्तर्राष्ट्रिय

अन्तराष्ट्रिय गुणस्तर प्रमाण पाउने देशकै पहिलो नगरपालिका तिलोत्तमा कसरी बन्यो ?



रुपन्देही ९ चैत्र। रुपन्देहीको तिलोत्तमा नगरपालिका ‘अन्तराष्ट्रिय गुणस्तर प्रमाणित नगर’ प्रमाणित भएको छ । नगरपालिकाले विभिन्न सूचकहरु पूरा गरी देशभरमै पहिलो पटक ‘अन्तराष्ट्रिय गुणस्तर प्रमाणित’ प्रमाण पत्र प्राप्त गरेको हो । नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पूरा गरी युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाद्वारा अन्तराष्ट्रिय गुणस्तर प्रमाणित प्राप्त गरेको बारे सार्वजनिक गरेको छ ।

मंगलबार नगरपालिकामा एक समारोहको आयोजना गरी नगरपालिकाले उक्त गुणस्तर प्राप्त बारे विस्तृत जानकारी गराएको हो । कार्यक्रममा आइएसओ सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन्। नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न सो समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवि, पत्रकार तथा संचारकर्मीका बीच सो गुणस्तर प्रमाण–पत्र प्रदान गरिएको हो।
सो घोषणा कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाले विभिन्न मापदण्डमा रहेका सूचक पुरागर्ने लक्ष्य सहित अघि बढेर समयमै कार्यसम्पन्न गरि देशमै पहिलोपटक अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको बताए । साथै प्राप्त गुणस्तरका लागि सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै नगरप्रमुख घिमिरेले ३ वर्षसम्म म्याद रहने सो गुणस्तरलाइ दिगोपन दिन सबै कर्मचारी जनप्रतिनिधि तथा नगरबासीहरुले समेत यसको गरिमा बचाई राख्न आग्रह गर्नु भयो । तिलोत्तमा नगरपालिकाले सो मापदण्ड सहित ३६ सूचक पुरागरि सो प्रमाणपत्र प्राप्त गरेको बताउनु भयो ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६