प्रदेश

कास्की जिल्ला अदालतमा तोडफोड, मिसिल चोरी भएको आशङ्का



कास्की, ०९ चैत्र । कास्की जिल्ला अदालतमा हिजो मङ्गलवार राति तोडफोड भएको छ । अदालतको ६ नम्बर इजलासको ढोका फोडिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतका सूचना अधिकारी निल पनेरुले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान सुरु भएको छ ।

बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्, पनेरुले भन्नुभयो, नयाँ भवन भएकोले सीसीटीभी क्यामेरा राखिएको छैन । घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन ।

प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसिस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारेमा कर्मचारीले छानबिन गरिरहेका छन् ।

तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ । त्यही रडको फिङ्गर प्रिन्ट हेरेर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६