प्रदेश

चार जिल्लाबाट चुनाव लड्न आरजुलाई प्रस्ताव



कैलाली, १० चैत्र । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफू पुनः कैलाली ५ बाट निर्वाचन लड्ने संकेत गरेकी छन् । आज धनगढीमा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पहिले जहाँबाट उम्मेदवारी दिएको पुनः त्यहीँबाट उम्मेदवारी दिने बताइन् ।

‘यहीँ लड्छु नि । पहिला पनि यहीँ लडेको हो’ उनले भनिन्, ‘म यहीँ कैलालीबाटै उठ्छु ।’

उनले अन्य स्थानबाट निर्वाचनमा लड्न सुझाव दिए पनि आफूले कैलाली नै रोजेको बताइन् । तर, त्यसको लागि पार्टीले टिकट दिनु पर्ने बताइन् ।

‘सर्लाहीका साथीहरूले पनि आउनु भन्नु भएको छ । कोहलपुरमा पनि उठ्न आग्रह गरिरहनु भएको छ’ उनले भनिन्, ‘बर्दियाबाट पनि उठ्ने हल्ला छ । पार्टीले टिकट दियो भने कैलालीबाट निर्वाचन लड्छु । अहिले यही सक्रिय छु ।’

देउवा २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी थिइन् । उनलाई बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले पराजित गरेका थिए ।

पाँच दलीय गठबन्धन निर्वाचनमा पनि हुने उनले दाबी गरिन् । पार्टीको लाइन गठबन्धन भएर जाने भन्ने हो । हाम्रो पार्टीमा विमति राख्न पाइन्छ उनले भनिन् , ‘एक्ला एक्लै लड्न त्यति सजिलै पनि छैन । बीचका अरू पनि पार्टी छन् ।’

स्थानीय तहका निर्वाचन हुँदा गठबन्धन भए पनि निर्वाचन क्षेत्र अनुसार तालमेल हुन सक्ने उनको भनाइ छ ।

उनले तोकिएकै समयमा निर्वाचन हुने समेत बताएकी छन् ।

‘स्थानीय तहको निर्वाचन अनिवार्य छ । हामीले पनि आफ्नो तयारी गरिरहेका छौँ’ उनले भनिन्, ‘तोकिएकै समयमा निर्वाचन हुन्छ । निर्वाचन नहुने भन्ने हल्ला हो । निर्वाचन हुन्छ । यो संवैधानिक बाध्यता हो ।’

प्रकाशित : १० चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६