काठमाडौं, १० चैत्र। नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् ।
उनले भने, ‘आजैदेखि भारु २० अर्थात ३८ रुपैयाँ नेपालीमा विद्युत खरिद गर्न प्रतिष्पर्धामा भाग लिँदैछ ।’
भारतले विद्युत आपूर्ति रोकेपछि मंगलबार साँझदेखि देशभरका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुँदै आएको छ ।
यसअघि प्रतियुनिट भारु ७ मा नेपालले भारतसँग बिजुली खरिद गर्दै आएको थियो । मंगलबार र बुधबारको दुई वटा प्रतिष्पर्धामा नेपालले बोलकबोल गरेको भन्दा महँगोमा भारतीयले नै बिजुली किनेपछि नेपालतर्फको आपूर्ति रोकिएको थियो ।
प्रतिक्रिया