काठमाण्डौ, १० चैत्र । आफ्ना चारै जना छोरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमालाई नेपाली सेनाले सम्मान गरेको छ ।
हिजो बुधवार डोटीको दिपायलमा भएको भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले बैतडीको दशरथचन्द नगरपालिका ३ बरकुराली बस्ने धनमाया नाथ योगीलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभएको हो । प्रधानसेनापति शर्माले धनमायाका श्रीमान् स्व। गणेश नाथप्रति पनि सम्मान व्यक्त गर्नुभयो ।
धनमायाका छोराहरू– नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ नेपाली सेनामा कार्यरत हुनुहुन्छ ।
प्रतिक्रिया