अर्थ-वाणिज्य

विजयनगरमा किशोर अवस्थामा अभिभावकको भूमिका सम्बन्धी अन्तरक्रिया



कपिलवस्तु १० चैत – कपिलवस्तुको विजयनगर गाउँपालिकामा किशोरीहरुको अभिभावकसँग एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । बिहिबार सञ्चारिका समूह कपिलवस्तुको आयोजना र विजयनगर गाउँपालिकाको सहयोगमा वडा नम्बर ६ खडैचामा अन्तरक्रिया भएको हो ।

किशोर अवस्थामा अभिभावकको भूमिका विषयमा आमा अभिभावक र किशोरहरु बीचमा अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले किशोर अवस्था अन्य अवस्था भन्दा बढी संबेदनशील र जोखिम भएको बताउँदै अभिभावकले यस अवस्थामा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले किशोरीहरुले के गर्ने, के नगर्ने निर्णय प्रक्रियामा कमजोर हुने भएकाले अभिभावकले सही समयमा उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड गर्नुभयो । यसैबीच सञ्चारिका समूहकी अध्यक्ष पार्वती आचार्यले किशोरीहरुले किशोर अवस्थामा हुने हरेक जोखिमयुक्त घटनाबाट सचेत हुनुपर्ने बताउनुभयो ।

उनले खासगरी किशोरीहरु नै बेचबिखनको शिकार हुने हुँदा अपरिचित व्यक्ति र कुनै पनि प्रलोभनमा नपरी होसियार हुन जरुरी रहेको जिकिर गर्नुभयो । यस्तै अन्तरक्रिया कार्यक्रमकी प्रशिक्षक निशा विश्वकर्माले किशोर अवस्थामा हुने जोखिम, मानव बेचबिखन, लैँगिक हिंसा, किशोर अवस्थामा हुने मानसिक परिवर्तन र चिन्तनको विषयमा ४६ जनाको किशोरी र आमाहरुको सहभागीतामा प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित : १० चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६