अन्तर्राष्ट्रिय

थिङ्कट्यांक समूहको अन्तर्राष्ट्रिय कार्यशालावाट लुम्विनीले के पाउदैछ ?




भैरहवा १० चैत्र ।बृहत्तर लुम्बिनी क्षेत्रका सम्पदाको उत्खनन, संरक्षण गर्दै उत्कृष्ट शान्ति धाम बनाउन लुम्बिनीमा बुधबारदेखि तीनदिने अन्तर्राष्ट्रिय विज्ञ समूहको कार्याशाला गोष्ठी जारी रहेको छ । पुरातत्व, संरक्षण र सम्पदाका क्षेत्रमा ख्याति कमाएका स्वदेशी तथा विदेशी विषय विशेषज्ञले हानिनोक्सानी नपु¥याई प्राकृतिक रूपमा संरक्षण गर्न योजना र सुझाव दिनेछन् । लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्य मान्यता राख्दै विकास गर्न सरकार, पुरातत्व विभाग, युनेस्को नेपाल र लुम्बिनी विकास कोषले स्वदेशी र विदेशी विशेषज्ञ सम्मिलित विज्ञ समूह बनाएको हो । यो थिङ्क ट्यांक समूह हो ।
समूहलाई बृहत्तर लुम्बिनी क्षेत्रका सम्पदाको संरक्षण, वैज्ञानिक अध्ययन अनुसन्धान र शान्तिधामको विकासका लागि सुझाव दिने कार्यादेश छ । विश्व सम्पदा स्थलको नेचुरल स्यान्डस्क्यापिङ संरक्षण गर्ने, सम्पदाको मूल्य मान्यताअनुसार काम भए÷नभएको अनुगमन गर्ने र एक वर्षका लागि गर्ने कामका विषयमा राय सुझाव दिनेछ । पहिलो दिनको सबै सत्र युनेस्को नेपालका प्रतिनिधि माइकल क्रोमले आफैं संचालन गरेका थिए ।
पहिलो दिन बृहत्तर लुम्बिनी क्षेत्रमा भएका अनुसन्धान, उत्खनन र संरक्षणका बारेमा पुरातत्त्व विभागका योजना शाखा प्रमुख रामबहादुर कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै विश्व सम्पदा स्थल लुम्बिनीमा भएका विकास काम र भावी योजनाबारे लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।युनेस्कोको वर्ल्ड हेरिटेज समितिले लुम्बिनीका बारेमा गरेका नयाँ निर्णयका बारेमा समितिका प्रोजेक्ट अफिसर रोलान लिनले जानकारी दिएका थिए । त्यस्तै कपिलवस्तुमा जेफिड जापानको सहयोगमा हुने चौथो चरणको तीनवर्षे अन्वेषण र उत्खननबारे युनेस्को नेपालकी परियोजना अधिकृत नभा बस्न्यातले जानकारी दिइन । बृहत्तर लुम्बिनी क्षेत्रमा भइरहेको पुरातात्त्विक अन्वेषणबारे बेलायतको डुर्हाम विश्वविद्यालयका प्रो. रविन कनिङघमले जानकारी दिएका थिए ।

प्रकाशित : १० चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६