ब्रेकिंग न्युज

एघार बुदे निर्णय गर्दै सकियो जसपा नेपाल लुम्बिनी प्रदेशको बैठक



कपिलवस्तु ११ चैत – जनता समाजवादी पार्टी नेपालको प्रदेश समितिको वैठक सप्पन्न भएको छ । दाङको लमहिमा बसेको प्रदेश समितिको बैठकले ११ वटा बुदामा बृहत बहस गरेको छ । दुई दिनसम्म चलेको बैठकले आगामी स्थानीय तहको निर्वाचन लक्षित निर्णय गरेको प्रदेश अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनु भयो ।विभिन्न राजनीतिक प्रस्ताव माथी व्यापक छलफल भएको अध्यक्ष यादवले बताउनु भयो । वैठकमा प्रदेशका पदाधिकारी र सदस्यहरुलाई विभिन्न जिम्मेवारी बाडफाड गरिएको छ ।
प्रदेशको बैठकले गरेको निर्णयहरु ।।
१) प्रदेश अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा निर्वाचन परिचालन तथा उम्मेदवार छनौट कार्यदल गठन गरेको छ ।
२) प्रदेश उपाध्यक्ष अब्दुल रशिद खानको संयोजकत्वमा ३ सदस्यीय गठबन्धन बार्ता समिति ।
३) प्रदेश कोषाध्यक्ष अम्बिका काफ्लेको संयोजकत्वमा ५ सदस्यीय अर्थ विभाग ।

४) प्रदेश सदस्य नारायण नागिलाको संयोजकत्वमा ९ सदस्यीय प्रचार प्रसार समिति ।
५) प्रदेश सदस्य  उज्ज्वल पोख्रेलको संयोजकत्वमा ५०१ सदस्यीय युवा सुरक्षा दस्ता गठन गरिएको छ ।
६) प्रदेश सदस्यहरुको कार्यविभाजन गरि १०९ वटै स्थानिय तहमा ईन्चार्ज तोकिएको छ ।

७) लुम्बिनी प्रदेशका मातहत रहेका १२ वटै जिल्लामा चुनावी प्रचार प्रसार डेस्क राख्ने ।
८) २०७८ चैत्र २० गते भित्र १०९ वटै स्थानिय तहको उम्मेदवार चयन गरि पठाउन स्थानिय तहलाई निर्देशन ।
९) लुम्बिनी प्रदेशमा रहेका स्थानीय तहहरुमा जनता समाजवादी पार्टी नेपालको संगठनका अधारमा वर्गीकरण गरि उम्मेदवारलाई चुनाव जिताउन रणनीतिक योजना निर्माण गर्न प्रदेश कार्यकारिणीलाई जिम्मा ।
१०) सदियौ देखि उत्पिडित राष्ट्रियताहरु माथि दमन , शोषण र विभेद कायम राख्दै लामो समय देखि शासन गर्दै अाएका काँग्रेस र कम्युनिस्टहरुको विकल्पमा बैकल्पिक शक्तिको रुपमा उदयमान सङ्घीयता सुशासन समृद्धि र समाजवादको वकालत गर्ने हाम्रो जनता समाजवादी पार्टी नेपाललाई स्थानिय तह निर्वाचनमा पहिलो बनाउन सवैमा अपिल गर्ने निर्णय गरेको छ ।
११) पार्टी अनुशासन विरुद्ध लागेकाहरुलाई अनुशासनको कार्वाही गरेको छ ।

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६