खेलकुद

अस्ट्रेलियाले ११ वर्षपछि जित्यो एसियामा टेस्ट शृङ्खला



काठमाण्डाै ११ चैत – अस्ट्रेलियाले पाकिस्तानसँगको टेस्ट शृङ्खला जितेको छ । तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानलाई एक सय १५ रनले हराउँदै अस्ट्रेलियाले एक–शून्यले शृङ्खला जितेको हो ।

लाहोरमा टेस्ट जित्न तीन सय ५१ रनको लक्ष्य पछ्याएको पाकिस्तान दुई सय ३५ रनमा अलआउट भयो । योसँगै अस्ट्रेलियाले ११ वर्षपछि एसियामा कुनै टेस्ट शृङ्खला जितेको छ ।

यसअघि अस्ट्रेलियाले सन् २०११ मा श्रीलङ्कालाई एकशून्यले हराउँदै टेस्ट शृङ्खला जितेको थियो । यस्तै पाकिस्तानलाई अस्ट्रेलियाले तेस्रो पटक उसैको घरमा हराएको हो । 

यसअघि भएको दुई वटै टेस्ट बराबरीमा सकिएको थियो । यी दुईबीच अब तीन खेलको एकदिवसीय शृङ्खला र एउटा टी–२० हुनेछ । पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलिया झन्डै २५ वर्षपछि त्यहाँ पुगेको हो । 

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६