खोज–अनुसन्धान

कांग्रेस लुम्विनी प्रदेशले देउवालाई भद्रसहमति कार्यानवयन गराउन लेख्यो पत्र




रुपन्देही ११ चैत्र । लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच आलोपालो सरकार चलाउने गरी भएको भद्र सहमति कार्यान्वयन गर्न नेपाली काँग्रेसले माग गरेको छ । एमाले नेतृत्वको सरकार विस्थापित गर्दा गठबन्धन दलका नेताहरुबीच भएको भद्र सहमति पालन हुनुपर्ने भन्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलले सोही अनुसार सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको हो ।नेपाली काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भद्र सहमतिका आधारमा मुख्यमन्त्रीको आलोपालो विषयलाई लिएर नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र पठाएको संसदीय दलको प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

भद्र सहमति दुवै पक्षले इमानदारीका साथ पालना गर्न र गराउनका लागि संसदीय दलले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको हो । भद्र सहमति कार्यावन्यन भएमा लुम्बिनी प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले सरकारको नेतृत्व छाड्नुपर्ने छ । सो सहमति पालना भएमा अब नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् ।

प्रकाशित : १२ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६