अन्तर्राष्ट्रिय

नेपालको अर्थतन्त्र धरापमा परेको पूर्वगभर्नर नेपालको दावि




पाल्पा १२ चैत्र । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले रेमिट्यान्स घट्दा अर्थतन्त्र जटिल मोडमा पुगेको बताएका छन् । चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स घटेको घट्यै हुँदा अर्थतन्त्रमा समस्या देखिएको उनले बताएका हुन् ।पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको अन्तरक्रियामा उनले सात÷आठ महिनादेखि लगातार रेमिट्यान्स घटिरहेकाले समस्या थपिएको बताए । आयात बढ्ने र निर्यात कम हुने अवस्थामा रेमिट्यान्स पनि ह्वात्तै घट्दा अर्थतन्त्रलाई अझ बढी असर गरेको उनले बताए ।
बैंकमा भएको पैसा बाहिरिने र रेमिट्यान्स कमी हुँदै गएकाले समस्या थप बढेको उनले बताए । यही समयमा रेमिट्यान्स हरेक महिना घट्दै जाने र आयात बढ्नु अर्थतन्त्रका लागि थप समस्या देखिन थालेको उनले बताए । यही बिचमा रुस र युक्रेनबीचको युद्धले गर्दा अझ समस्या बढेको उनको दाबी थियो । अब सरकारले आयातमा कडाइ, पेट्रोलियम पदार्थ प्रयोगमा कमी, विदेशी उत्पादनको आयातलाई कम गर्नेलगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित : १२ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६