खोज–अनुसन्धान

प्रकाश सपुत आएपछि कपिलवस्तु महोत्सवमा थामी नसक्नु भीड




कपिलवस्तु १२ चैत्र। १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा अन्तिम चरणमा दर्शकको उत्साह हवात्तै वढेको छ । महोत्सव संचालनको मिति सकिनै लाग्दाँ दर्शकको उत्साह बढ्दै गएको हो । प्रकाश सपुत आएपछि कपिलवस्तु महोत्सवमा थामी नसक्नु भीड शनिवार देखिएको छ । चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत आउने भएपछि अतयाधिब भीड बढेको निर्देशक छवि रेष्मीले वताउनु भयो । आज एकैदिन २५ हजार बढी दर्शक रंगशालामा ओइरीएको वताइएको छ ।
महोत्सवमा यो गर्मीका बाबजुत थप उत्साह छाउँदै गएको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो । महोत्सव कपिलवस्तुलाई संसारभर चिनाउन महत्वपूर्ण सावित भईरहेको बताउनुभएको उहाँको भनाई छ । शनिवार आधुनिक गायक रमेशराज भट्टराई, बाल बलाकार जिया भूसाल, लोक दोहोरी गायक चन्द्र शर्मा, लोक दोहोरी गायीका आशा वि।सी।, हास्यकलाकार सुमित घिमिरेसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति गरेका छन् ।
हिजो पशुपति शर्मा, प्रिति आलेसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेको निर्देशक रेस्मीले बताउनुभयो । यस्तै आज १० औं कपिलवस्तु डान्स आईडलतर्फ ६ जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गर्ने डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । हिजो जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो ।‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : १२ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६