काठमाडौं १३ चैत ।
कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
मुम्बईमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले सुखद सुरुआत गरेको हो ।
वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
कोलकत्ताको जितमा अजिन्का रहाणेले ४४ रन जोडे । साम विलिङसले २५ रन जोड्दा कप्तान श्रेयस एयर २० रनमा अविजित रहे नितिश राना २१ तथा भेन्कातेस एयर १६ रनमा आउट भए ।
चेन्नईका ड्वाने ब्राभोले ३ तथा मिचेल स्टानरले १ विकेट लिए
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।
चेन्नईका लागि महेन्द्र सिंह धोनीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै रोबिन उथप्पाले २८ रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २६ रन बनाए । अम्बाती रायडु १५ रनमा आउट भए ।
कोलकत्ताका उमेश यादवले २ तथा वरुण चक्रवर्ती र आन्द्रे रसेलले १र१ विकेट लिए ।जितसँगै कोलकत्ताले पहिलो खेलमा २ अंक जोडेको छ ।
चेन्नईले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
प्रतिक्रिया