काठमाडौं १३ चैत । सरकारले चैत २५ गतेदेखि देशभर टाइफाइड खोप अभियान सुरु गर्ने घोषणा गरेको छ । नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप अभियान चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म चल्नेछ । खोप सञ्चालन हुने स्थान, मिति र समयबारे भने स्थानीय रेडियो, स्वास्थ्य संस्था, वडा कार्यालय र विद्यालयबाट जानकारी गराइने बताइएको छ ।
यो अभियान पश्चात टाइफाइड खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने छ । सरकारले नियमित खोप कार्यक्रममा समावेश भएपछि १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गर्नेछ ।
१३ चैत्र २०७८, आइतबार
प्रतिक्रिया