अन्तर्राष्ट्रिय

अन्तराष्ट्रिय विमानस्थलले आसपासका क्षेत्रमा यस्तो अवस्था ल्यायो



कपिलवस्तु १४ चैत्र । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी तीव्र भएपछि आसपासका क्षेत्रमा व्यावसायिक चहलपहल बढेको छ । विमानस्थल हुँदै ओहोरदोहोर गर्ने यात्रुलाई लक्ष्य गरी पुस्तक, कपडा, होटल, रेस्टुराँ, मार्ट र अन्य व्यापारिक पसल सञ्चालन भइरहेका हुन् । साथै उक्त क्षेत्रका जग्गाधनीले घर निर्माण गरेर भाडामा लगाउने तयारी गरेका छन् ।विमानस्थल निर्माण हुने भएपछि स्थानीयलाई जग्गाको मुआब्जा उपलब्ध गराएर स्थानान्तरण गरिएको थियो । अहिले उनीहरू एयरपोर्टभन्दा अगाडि मायादेवी कोलनीका बासिन्दा भएका छन् । ३५ देखि ४० घर रहेको कोलनीमा अहिले रौनक छाएको छ । विमानस्थल निर्माण सुरु भएपछि जग्गाको मूल्य ह्वात्तै बढेको छ ।
भैरहवा–लुम्बिनी खण्डअन्तर्गत आसपास जग्गा अहिले प्रतिधुर १०÷१२ लाख रुपैयाँसम्म बढेको स्थानीय सुवास बीसीले बताए । २५ वर्षदेखि कोलनीमा बस्दै आएका उनले विमानस्थलले गर्दा बस्तीमा चहलपहल बढेको जानकारी दिए । काठमाडौं र अन्य स्थानमा बसोबास गर्नेले आफ्नो क्षेत्रका खाली जमिन खरिद गरेर धमाधम घर बनाएर भाडामा दिन थालेको उनको भनाइ छ 
विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गरिएपछि स्थानीयले राम्रो मुआब्जा पाएका थिए । तीमध्येका टुर्स एन्ड ट्राभल्स व्यवसायी सञ्जय बजिमय एक हुन  । उनको नेपा टुर्स एन्ड ट्राभल्स प्रालि छ । विमानस्थल सञ्चालनमा आउने विश्वासमा २ करोड रुपैयाँमा कार्यालय व्यवस्थापन गरेको उनले बताए । विमानस्थल सञ्चलन हुन थालेपछि दुई वर्षदेखि कोरोना महामारीले थलिएका व्यवसाय फस्टाउने उनको भनाइ छ । विमानस्थल नजिकै रहेको आफ्नो जग्गामा होटल र विमानस्थल कार्गोमा लगानी गर्ने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६