कपिलवस्तु १४ चैत -कपिलवस्तुका रोहित बराल र अभय महरा भक्तपुरमा संपन्न प्रथम अन्डर फिन्टीन खुला ब्याडमिन्ट प्रतियोगीतामा तेश्रो भएका छन । चैत ९ देखि १२ सम्म संपन्न भएको प्रतियोगीताकालागि जिल्लाबाट ९ खोलडी सहभागी थिए । दुबैले तेश्रो भई कास्य पदक जितेका हुन । रोहीत सेमीफाईनलमा चोट लागेर खेल त्याग्न बाध्य भएका थिए ।
प्रतियोगीतमा प्रथम कबीर केसी र साहील चन्द्र दोश्रो भए । राष्ट्रिय स्तरको खेलमा तेश्रो भएकोमा जिल्ला ब्याडमिन्ट संघले दुबैलाई सफलताको कामना ब्यक्त गरेको छ । ब्याडमिन्टन प्रशिक्षक राजेश शाक्यले दुबै खेलाडीहरु मिहीनेती रहेको र राम्रो खेलेको बताए । राष्ट्रिय स्तरको प्रतियोगीतामा तेश्रो हुनु पनि गर्वको कुरा भएको उनले बताए ।
दुबै खेलाडीले कपिलवस्तुको नाम राखेको भन्दै खुशी ब्यक्त गरे । तेश्रो भएका राहित बरालले आफुले सकेको जति प्रयास गरेको बताए । उनले आगमी दिनमा अझ राम्रो खेल्ने बताए ।
प्रतिक्रिया