प्रदेश

प्रधानमन्त्री देउवा चैत्र १८ गते भारत भ्रमणमा जाने



काठमाण्डौ, १४ चैत्र । – प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रवार भारत भ्रमणमा जानुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवासँगै उहाँकी श्रीमती डा। आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायतका उच्च पदस्थ व्यक्ति पनि भारत जाने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । उहाँहरूले संयुक्त रूपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवा यसअघि पनि भारत भ्रमणको तयारीमा हुनुहुन्थ्यो । तर कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द भएको थियो ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६