काठमाण्डाै १४ चैत – वीर अस्पतालले रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ । आज सोमवार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरूको निःशुल्क उपचार सेवा सुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगहरूको निःशुल्क उपचार गर्न पाइनेछ ।
कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रबहादुर बस्नेतले आजदेखि रगत र रगतसँग सम्बन्धित रोगहरूको उपचार निःशुुल्क सेवा सुरु भएको बताउनुभयो । उहाँले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्नेतर्फ लागिरहेको बताउनुभयो ।
त्यस्तै रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. निरजकुमार सिंहले नेपालमै पहिलो पटक रगतजन्य अनुवांशिक रोगहरूको निःशुल्क उपचार सेवा सुरु भएको बताउनुभयो । उहाँले अब अस्पतालले हेमोफिलियाका बिरामीहरूलाई निःशुल्क उपचार गर्ने र यो रोगसम्बन्धी प्राथमिक जाँच परीक्षण पनि निःशुल्क हुने बताउनुभयो ।
प्रतिक्रिया