अन्तर्राष्ट्रिय

भैरहवाकालागि उडान भर्न सार्क मुलुकबढी उत्साहीत : धार्मिक पर्यटन फस्टाउने संकेत




भैरहवा १५ चैत्र । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवाकालागि उडान भर्न सार्क मुलुकहरु बढी उत्साहीत देखिएका छन् । जसका आधारमा ःधार्मिक पर्यटन फस्टाउने संकेत देखिएको छ । बौद्धधर्म मान्ने देशहरुबाट उक्त विमानस्थलमा सिधा उडान गर्ने चासो बढेसँगै लुम्बिनी क्षेत्रमा धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने व्यवसायीहरुले जनाएका छन् ।हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं र नेपाल भारत सीमा सुनौली नाका हुँदै लुम्विनी क्षेत्रका लागि धार्मिक पर्यटक नेपाल प्रवेश हुँदै आएको थियो । तर सिङ्गापुर, मलेसिया, थाइल्याल्ड, श्रीलङ्का, माल्दिभ्स, बर्मालगायतका देशबाट विमानस्थलमा सिधा उडान गर्ने इच्छा देखाएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने भएको पर्यटन व्यवसायी टीकाराम गुरुङले बताए। हिजोको अवस्थाभन्दा जहाजको सिधा उडानपछि बौद्धधर्मावलम्बी रहेको देश र अन्य देशबाट गरी ३० प्रतिशतभन्दा बढीले पर्यटकको सङ्ख्यामा वृद्धि हुनसक्ने उनले बताए ।
कोरोना भाइरस ९कोभिड–१९० महामारीले प्रभावित बनेको पर्यटन क्षेत्रसँगै धार्मिक पर्यटन क्षेत्रमा पनि प्रभाव पारेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२२ जनवरीमा गत वर्षको तुलनामा धार्मिक पर्यटक दोब्बरले कमी आएको छ । लुम्बिनीको दर्शनमा आउने बुद्ध धर्मावलम्बी रहेको देशबाट गतवर्षको जनवरीमा दुई हजार १६७ रहे पनि यस वर्षको जनवरीमा भने एक हजार २२७ जना मात्र आगमन भएको छ ।
हाल कुवेतको जजिरा एयरलाइन्सले गौतमबुद्ध विमान स्थलमा उडान गर्न अनुमति माग गरेको र बाँकी वायुसेवा कम्पनीहरु अध्ययनको क्रममा रहेकाले सार्क मुलुक र एसियाली मुलुकबाट उडानका प्रस्तावहरु आउने तयारी भएको बुझिएको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए । उडान सेवा विस्तारसँगै पर्यटन प्रवर्धन हुने तर होटल लगायतका अन्य व्यवस्थापनमा समेत राज्यले तयारी शुरु गर्नु जरुरी भएको उहाँको सुझाव छ । हाल लुम्बिनी क्षेत्रमा भारतीय पर्यटक, तेस्रो मुलुकका पर्यटक र धार्मिक पर्यटक आउने गरेका छन् ।
यता लुम्बिनी क्षेत्रमा १४६ वटा होटल रहेको र पाँच हजार पर्यटक अटाउन सक्ने क्षमता रहेको होटल एसोसिएसन नेपाल भैरहवा शाखाका अध्यक्ष सिपी श्रेष्ठले जानकारी दिए । पर्यटन प्रवर्धनसँगै होटल एसोसिएसनले दुई वर्षभित्र तीन हजार पाँच सय कोठा विस्तार गरी सात हजार पर्यटक अटाउने गरी तयारी शुरु गरेको समेत उनले जानकारी दिए । सरकारले विमानस्थल निर्माणसँगै थप सार्क मुलुक र अन्य देशमा सिधा उडानका लागि पहल गरी प्रवर्धनात्मक काम अघि बढाउनुपर्ने उनको सुझाव छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६