जीवनशैली

पाथीभरा परिसरमा लडेर एक जनाको मृत्यु



ताप्लेजुङ १५ चैत – पाथीभरा दर्शन गर्न आएका एक जना व्यक्तिको पाथीभरा परिसरमा लडेर ज्यान गएकाे छ । सुनसरीको इटहरी नगरपालिका–८ का खिनबहादुर ढुङ्गानाको लडेर हिजाे ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा लड्नु भएकाे थियाे।

प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुङ्गानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ  पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको शव शवगृहमा राखिएको छ । 

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा उहाँलाई लेक लागेको हुनसक्ने चिकित्सकको अनुमान छ । ढुङ्गाना परिवारसहित पाथीभराकाे दर्शनमा आउनु भएकाे थियाे।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६