प्रदेश

इटहरीमा बम विष्फोट, दुई घाइते



इटहरी, १५ चैत्र। सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।
उनका अनुसार थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।

विष्फोटमा घाइते भएकाहरू परिषद्को कार्यकर्ता भएको प्रहरीको आशंका छ । थापाको डेरामा गुरुङ केही दिनअघि पाहुना आएका थिए । विष्फोट भएको बम सुतली हुनसक्ने डीएसपी खड्काले बताए ।

संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्नेलगायतका माग राख्दै परिषद् संघर्ष घोषणा गरेको थियो । सोही परिषद्ले झापाको बिर्तामोड रदमकमा बम आतंक सिर्जना गरेको थियो ।

गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक ५ मा रहेको एक चर्चको गेटमा शंकास्पद बस्तु फेला परेको थियो । सो घटनामा संलग्न भएको आरोपमा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६