प्रदेश

नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति कपिलवस्तु राप्रपामा समायोजन



कपिलवस्तु, १५ चैत्र ।

नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति कपिलवस्तु राप्रपामा समायोजन भएको छ । आज सोमबार बाणगंगाको जितपुरमा आयोजित एक कार्यक्रमका विच सम्पूर्ण नेपाली कांग्रेस विपी जिल्ला कार्य कपिलवस्तु राप्रपामा समायोजन भएको हो । नेपाली कांग्रेस विपीका केन्द्रिय सदस्य डाक्टर माधव पन्थी, गोपाल पोख्रेल, माधव पोख्रेल, सुरज आचार्य, जिल्ला उपाध्यक्ष भोजराज आचार्य, ईश्वरी खनालसहितको सम्पूर्ण टिम राप्रपामा समायोज भएको राप्रपा कपिलवस्तुले जनाएको छ । नवप्रवेशीहरुलाई राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझी, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह लगायतले स्वागत गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य रायमाझीले नेपाली कांग्रेस विपीका केन्द्रिय सदस्यसहितको टोली राप्रपामा समायोज भएसंगै जिल्ला पार्टी थप मजबुत भएको दाबी गर्नुभयो । उहाँले राप्रपाप्रति जनताको आकर्षण थप बढ्दै गएको र पार्टी प्रवेशको लहर चलिरहेको बताउनुभयो । केन्द्रिय सदस्य रायमाझीले यही चैत्र १६ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउने कार्यक्रम तय भएपछि त्यसको लागी तयारी तीब्र रुपमा अघि बढिरहेको बताउनुभयो । केन्दिय सदस्य रायमाझिले पार्टिको गत महाधिवेशनपछि नेतृत्व र पार्टीप्रति आम मानिसमा आशा जागेको बताउनुभयो ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६