अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु



काठमाण्डौ, १५ चैत्र । रुस र युक्रेनबीच नयाँ चरणको शान्तिवार्ता सुरु भएको छ । टर्कीको इस्तानबुलमा भइरहेको वार्तामा सहभागी दुबै देशका प्रतिनिधिहरूलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले स्वागत गर्नुएको छ ।

रुस र युक्रेनबीच यसअघि तीन चरणमा भौतिक उपस्थितिमा वार्ता भएको थियो भने चौथो चरणमा भिडियो कुराकानीमार्फत वार्ता भएको थियो । झन्डै दुई हप्तापछि भएको आजको वार्तामा युद्ध रोक्ने अवस्था नआए पनि युद्धग्रस्त क्षेत्रमा फसेकाहरूलाई उद्धार गर्ने वातावरण बन्ने अपेक्षा रहेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आजको वार्तामा प्रगति भएमा युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको सम्भावना बढ्ने टर्कीका राष्ट्रपति एर्दोगानले बताउनुभएको एएफपीले जनाएको छ । जेलेन्स्कीले पुटिनसँग सिधा वार्ताको आह्वान गर्दै आउनुभएको छ भने रुसले उच्चस्तरीय वार्ताको समय भइनसकेको बताएको छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६