खोज–अनुसन्धान

१० स्थानीय तहका भ्रष्टाचार बिरुद्ध ८७ उजुरी अख्तियारमा दर्ता




दाङ १६ चैत्र ।दाङका १० स्थानीय तहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा ८७ उजुरी परेका छन् । गत वर्ष भन्दा पछिल्लो वर्षमा उजुरीको संख्या बढेको पाइएकोले अनियमितता गर्ने क्रम स्थानीय तहमा बढ्दै गएको प्रष्ट भएको छ । त्यसो त समग्र जिल्लामा भ्रष्टाचारसम्बन्धी उजूरी बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अख्तियारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दाङमा चालु आर्थिक वर्षमा १ सय २२ वटा भ्रष्टाचारका उजूरी परेका छन्।
गत आर्थिक वर्षमा ९४ वटा उजूरी परेका थिए।दुई वर्षको अवधिमा २ सय १६ वटा उजूरी परेकोमा गत वर्ष २५ वटा उजूरी फर्छ्यौट भएको र चालु आर्थिक वर्षमा ७१ उजूरी फर्छ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख विजयराज पौडेलले जानकारी दिए।अब १ सय २० वटा उजुरी फर्छ्यौट हुन बाँकी छन्।
अख्तियारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी मंगलबार घोराहीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहमा समेत भ्रष्टाचारको उजूरी पर्ने क्रम बढ्दो रहेको सार्वजनिक गरिएको छ।दाङका १० स्थानीय तहमा दुई आर्थिक वर्षमा ८७ वटा उजूरी परेका छन्। गत आर्थिक वर्षमा ४१ वटा उजूरी परेकोमा चालु आर्थिक वर्षमा ४६ वटा उजूरी परेको छ। जसमध्ये दुवै आर्थिक वर्षमा ३९ वटा उजूरी फर्छ्यौट भएको छ। बाँकी ४८ वटा उजूरी फर्छ्यौट हुन बाँकी रहेको छ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६