अर्थ-वाणिज्य

कपिलवस्तुमा सहकारीको १२ करोड अपचलन प्रकरणमा ५ कसुरदार ठहर,४५लाई सफाई




कपिलवस्तु १६ चैत्र। २ बर्ष देखि चलेको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झन्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन । अदालतले ३ जना कर्मचारी र २ जना बचत संकलकर्तालाई कसुदार ठहराएको हो । सो मुद्दामा ४५ जनाले भने सफाई पाएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए । अदालतमा २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जना बिरुद्ध संगठीतरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो ।
सहकारीको ब्यवस्थापक अभिनाषदेव पाण्डेय, पुर्व ब्यवस्थापक निलाभचन्द्रदेव पाण्डेय, कर्मचारी राजेश कान्दु र बचत संकलनकर्ताहरु श्रवण कुमार गुप्ता तेली र सुन्दरकेशव गुप्तालाई अदालतका न्यायधिश तजेन्द्र प्रसाद सापकोटाको ईजलासले कसुरदार ठहराएको हो । राजेश, श्रवण र अभिनाष अदालतको आदेशमा यस अघि नै थुनामा रहदै आएका छन । सो मुद्दामा थुनामा रहको कर्मचारी राकेश कुमार ठाकुरले भने सफाई पाएका छन ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६