खोज–अनुसन्धान

गठबन्धन केवल पटका हो, एमाले एक्लै ६० प्रतिशत जित्छ: पौडेल



बुटवल १६ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने दाबी गरेका छन् । एमालेले एक्लै चुनाबमा गएर बहुमत हासिल गर्ने उनले बताए ।प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गर्दै उहाले यस्तो बताउनुभएको हो । एमाले विरुद्ध गरिएको गठबन्धनले कुनै असर नगर्ने बताउँदै उनले पटका पड्काएर एमाले तर्सन्छ कि, भन्ने भ्रम नपाल्न आग्रह गरे ।
गत निर्वाचन भन्दा यस पटकको निर्वाचनमा गुणात्मक सफलता हात पार्ने उनको दाबी छ । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले एमालेले मात्रै बिकासको मोडल तयार पार्न सक्ने उल्लेख गरे । एमालेले गरेका ठूला ठूला बिकास निर्माणका कामहरुलाई जनतामा ल्याउन उनले सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे । एमाले विरुद्ध मिडियाको तागद प्रयोग भैरहेको बताउँदै उनले यस विरुद्ध प्रतिरक्षा गर्नेगरी कलम चलाउन प्रेस चौतारीमा आवद्ध सञ्चारकर्मीहरुई आग्रह गरे ।
कर्यक्रममा प्रेस चौतारीको केन्द्रीय सचिवमा निर्वाचित प्रदिप आचार्य, केन्द्रीय सदस्यहरु अमृत गिरी, मिलन गाहा, अमृता अनमोल, नवराज कुँवर, युवराज पाण्डे, साबि रसाइली तथा दिपु पोखरेललाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । यसैगरी लुम्बिनी प्रदेश महासचिवमा निर्वाचित निरु गौतम, गोविन्द घर्ती, सच्यनारायण मानन्धर, शान्ती बिक, माधव न्यौपाने, शसी पन्थी, कृष्ण खनाल, मनिष पन्थ तथा मोहन ठाकुरलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी केन्द्रीय सचिव प्रदिप आचार्यले सशक्त र निस्पक्ष भएर कलम चलाउनुका साथै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई थप सशक्त बनउने गरि कलम चलाउन आग गरे । प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्षमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवती पाण्डेले स्वागत गरेकी थिइन भने सचिव केशब भण्डारीले सञ्चालन गरेका थिए ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६