प्रदेश

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्, देशका प्रमुख राजनितिक दलहरुको केटाकेटीपनले जनतामा विश्वास छैन




कपिलवस्तु, चैत्र १६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीमाथि कडा टिप्पणी गर्नुभएको छ । अध्यक्ष लिङ्देनले यी तीन प्रमुख राजनितिक दललाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु सरह भएको बताउनुभएको छ । साँढेको टाङमुनि बाल्टी थापेर जे गर्दा पनि दुध नदिने बताउदै अध्यक्ष लिङ्देनले यस्ता राजनितिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने दाबी गर्नुभयो । कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो दाबी गर्नुभएको हो । कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई उनीहरुले सदुपयोग गर्न नसकेको उहाँको भनाई छ । देशका प्रमुख राजनितिक दललाई अध्यक्ष लिङ्देनले देश र जनताले महसुस हुने गरि गरेको काम देखाउन चुनौति समेत दिनुभएको छ । अध्यक्ष लिङ्देनले यस्ता राजनितिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु भएको बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिएको बताउँदै उहाँले राप्रपाका उम्मेद्वारलाई जिताउन अपिल समेत गर्नुभएको छ । राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागी अहित हुने कुनै पनि काम नगर्ने बताउदैं राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । एमसीसीतर्फ ईकिंत गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनितिक दलका नेतृत्वको केटाकेटीपनले अन्र्तराष्ट्रिय जगतमा नेपालको विश्वासनियता गुमेको बताउँदै देशमा विदेशी शक्ति राष्ट्रहरु रणनितिक रुपमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो । उक्त कार्यक्रममा महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डाक्टर धवल शम्शेर राणाले भष्टचार रोक्न सके मुलुक समृद्ध हुने बताउनु भयो । नेपाली जनताको सपना पूरा गर्न आफनो पाटी हरबखत लागि परेको बताउदै नेपाललाई नेपाल बनाउने बताउनु भयो ।
पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझी ,वरिष्ठ नेता दिपक बोहोरा लगायतले कार्यक्रामा बोल्दै समाज परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी आवश्यक रहेको दावी गर्दै भष्टचार गर्नु भनेको नेपाल आमाको रगत पिउनु सरह भएको बताउनु भयो । नेपाल धेरै सम्भावना बोकेको राष्ट्र भएको उल्लेख गर्र्दै युवाहरुलाई खाडी मुलुक होईन स्वदेशमा रोजगारी सृजन गर्न सक्नु पर्ने जिकिर गर्नु भयो ।
आज विपि काङ्ग्रेस, नेकपा एमाले,माओवादि,जसपा,लोसपा,र जनमोर्चा परित्याग गरी १००० भन्दा बढिले पार्टी गरेको राप्रपा कपिलबस्तुले जनाएको छ । सोही आमसभामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले स्वागत गर्नु भएको छ । राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वाणगगा नगर सचिव नवराज घिमिरे तथा जिल्ला सचिव प्रेम श।कर शुक्लले गर्नु भएको थियो ।कपिलवस्तुमा अध्यक्ष लिङ्देनको आगमनले पार्टी थप सुदृढ हुने उहाँले दाबी गर्नुभएको छ । अध्यक्ष लिङ्देनको कपिलवस्तु आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनसंगै कपिलवस्तुमा केन्द्रिय स्तरका नेताको चहलपहल बढ्दै गएको छ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६