प्रदेश

स्थानीय निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय



काठमाडौं, १७ चैत्र। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

‘यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिका प्रमुखहरुको संयन्त्र बन्ने र यस संयन्त्रले चैत २२ भित्र प्रदेश, जिल्ला र गाउँपालिकामा पाँच दलको अवस्था कस्तो छ, भन्नेबारे केन्द्रलाई विस्तृत रुपमा प्रतिवेदन पेश गर्ने छ ।,’ प्रवक्ता कार्कीले भन्नुभयो ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि आगामी स्थानीय तह निकायको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय भएको जानकारी दिनुभयो ।

निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको पनि नेता खनालले बताउनुभयो । ‘निर्वाचनमा एकताबद्ध पाँच दलबीच मात्रै गर्ने, अरु दलसँग नगर्ने निर्णय भएको छ ।,’ उहाँले भन्नुभयो ।

त्यस्तै, निर्वाचन तालमेल गर्दा महानगर र उपमहानगरको उम्मेदवारबारे केन्द्रबाटै गर्ने निर्णय पनि बैठकले गरेको छ ।

‘महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाट गर्ने, तर तल्ला निकायहरुको सन्दर्भमा तलकै निकायबाट तालमेल गर्ने निर्णय भएको छ ।,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि पाँचै दलले एउटा परिपत्र जारी गर्ने भएको छ ।’

पाँचै दललाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि परिपत्र जारी गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणको निमित्त सबै गठबन्धन दलका नेताहरुले प्रधानमन्त्री देउवलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६