अर्थ-वाणिज्य

गाउको सिंहदरवारको चमत्कार :नगरका बिपन्न परिवारले पाए नमुना घर




बुटवल १७ चैत्र । गाउको सिंहदरवारको चमत्कार रुपन्देहीको सैनामैनाले देखाएको छ । नगरका बिपन्न परिवारलाई नमुना घर बनाएर हस्तान्तरण गरेपछि यस्तो देखिएकोहो ।वर्षौदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरवार विहिनहरुलाई बस्नका लागि रुपन्देहीको सैनामैना नगरपालिकाले नमुना घर निर्माण गरेर हस्तान्तरण गरेको छ।वर्षौदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरवार विहिन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरि नगरपालिकाले नमूना बस्ती नै हस्तान्तरण गरेको हो।सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारको लागि भन्दै सैनामैना नगरपालिका वडा नं ११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो।तराई मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा १ शौचालय र ३ वटा कोठा रहेका छन्। आर्थिक वर्ष २०७५/ ७६ बाट सुरु गरिएको बस्ती निर्माणमा १ करोड ८६ लाख ५७ हजार बजेट लगानी भएको नगरपालिकाका ईन्जिनियर अरुण खनालले जानकारी दिए।
नगरपालिकाले निर्माण गरेका १० वटा घरमध्ये विहिबार ९ वटा घर हस्पतान्तरण गरिएको हो। नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले नगरपालिकाका सबै वडाबाट एकएक जना सबैभन्दा विपन्न परिवार छनोट गरि घर हस्तान्तरण गरिएको जानकारी दिए।नगरपालिकाले उपमेयर विना रानाको संयोजकत्वमा सन्तकुमार चौधरी र पञ्जिकरण अधिकृत केशवराज अर्याल सदस्य रहेको समिति गठन गरि विपन्न परिवार छनोट गरेको थियो। वडा कार्यालय र समितिले गरेको सिफारिसको आधारमा परिवारलाई घर हस्तान्तरण गरिएको हो।नमूना बस्तीमा घर पाउँदा आर्थिक रुपमा विपन्न भएका परिवार खुशी भएका छन्। चक्रपथ निर्माणको क्रममा सैनामैना वडा नं। ५ मा रहेको सानो घरसमेत भत्काएर विस्थापित बनेकी राजकुमारी थारुले नगरपालिकाले घर बनाएर दिएपछि खुसी लागेको बताईन्।
विकास निर्माण गर्दा घर खेत नै गुमाउने परिवारलाई सैनामैनाले जस्तै बासको व्यवस्था गरिदिनुपर्ने उनको भनाई छ। ‘हामि त कहाँ जाने भनेर सोच्न नै सकेका थिएनौं, नगरपालिकाले घर बनाएर दिएपछि परिवार पाल्नलाई त दैनिक ज्यालादारी काम गरेर पनि सकिन्छ।’ उनले भनिन्।विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकार नागरिकका हरेक दुखसुखमा सँगै रहनुपर्ने बताए।विहिबार हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक १ सय रुपैयाँ शुल्क लिने गरि कार्यविधि बनाएको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए। घर जग्गा सबै हस्तान्तरण गर्दा विपन्न परिवारले विक्री गर्ने र फेरी घरबार विहिनको अवस्थामा पुग्न सक्ने भएकोले नगरपालिकाले १ सय रुपैयाँ शुल्क लिएर लिजको रुपमा घर उपलब्ध गराउने गरि कार्यविधि बनाएको उनले बताए।नगरपालिकाले सञ्चालन गरेका ठुला आयोजनाका कारण विस्थापित भएका परिवार, विपत्तिमा परेको र ठूलो रोग लागेर उपचारमा सम्पत्ति सकिएर सडकमा आउने परिस्थितिमा परेका परिवारलाई लक्षित गरेर नमूना बस्तीको अवधारणा ल्याईएको उनले बताए।
जनताको तटबन्धन कार्यक्रम मार्फत कञ्चन खोलामा गरिएको तटबन्धन पछि धेरै जग्गा समेत सुरक्षित बन्दै जाने र सोहि जग्गामा विपन्न परिवारका लागि बस्ती थप गर्दै लैजाने नगरपालिकाको योजना रहेको छ।निर्माण सम्पन्न भएका १० वटा घरसहितको नमूना बस्तीमा ताल लगाएर बारिएको भएपनि कम्पाण्ड वाल लगाउने काम बाँकि रहेको छ। नगरपालिकाले खेल मैदान बनाउने, बिजुलीको पोल बिस्तार र तटबन्धनको काम समेत गर्दै जाने बताएको छ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६