अर्थ-वाणिज्य

चुनावी तालमेल आबश्यकताले हुनु पर्छ ,वाध्यकारी बनाइनेछैन : अध्यक्ष पुन




कपिलवस्तु १८ चैत्र । कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमर सिंह पुनले चुनावी तालमेल आवश्यक्ता अनुसार स्थाीयत तहबाट गरिनु पर्ने बताएका छन । उनले पार्टी कार्यकर्ताहरुको सुझाव र स्थिति हेरेर मात्र स्थानिय तहबाट गरिदा उपयुक्त हुने उनले बताए । मिल्नै पर्छ गठबन्धन हुनै पर्छ भन्ने कुनै दवाव नदिइने र सबैदललाई जिताउनै पर्ने ठेक्का पनि नलिइने उनले वताए ।कांग्रेसको ‘ घर घर जाउ कांग्रेस जिताउ ’ भन्ने अभियानको क्रममा पार्टीको क्षेत्रीय कार्य समिती क्षेत्र न.–२(ख) को आयोजनामा संचालित आम सभा कार्यक्रममा उनले सो कुरा बताउनु भएको हो । उनले चुनावी तालमेलका लागि जिल्ला, क्षेत्रीय, नगर र गाउपालिका, वडाहरुबाट सुझाव संकलन गर्नु पर्ने बताए । स्थानीय तहका गरिने चुनवाी तालमेलमा प्रदेशबाट कुनै हस्तक्षेप भने नगर्ने बताउदै उहाँले आउने बैशाख ३० मा हुने निर्वाचनमा पार्टीले जित्ने उम्मेदवारलाई टिकट दिनु पर्ने बताए ।
एमसिसि देशको विकासका लागि आएको अनुदान रहेका भन्दै यसको सदुपयोग गर्नु उल्लेख गर्दै एमसिसि बारे आएको भ्रमलाई पार्टी नेता कार्यकर्ताहरुले चिर्नु पर्ने बताए । उनले ओली सरकारले संबिधानलाईै कुल्चिएर दुई दुई पटक संसाद भंग गरेको र संबिधानको रक्षाका लागि प्रधान मन्त्री देउवाको नेतृत्व सरकार बनेको बताउदै ओली सरकारको पालामा भ्रष्ट्राचारका कान्डै कान्ड भएको, पानी जाहाज, ग्यास पाईमा लाईन जस्ता झुठा प्रचार अहिले जनताले बुझाी सकेको बताए ।
सो अवसरमा पार्टीका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले पार्टी नेता कार्यकर्ता एक भएर च्ुनावमा जानु पर्ने बताए । उहाँले जिल्लाका १० वटै पालिकामा कांग्रेसले जित्ने भन्दै त्यसकालागि पार्टी नेता कार्यकर्ताहरु एक भई अझ बढी मिहीनेत गर्नु पर्ने बताए ।क्षेत्रीय सभापति गिरीजेश कुमार पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सभापति अब्दुल कलाम पुर्ब मन्त्री दीपकुमार उपाध्याय ,पुर्ब जिल्ला सभापति सुधाकर पाण्डेय पुर्ब जिल्ला सभापति कम्लेश कुमार शर्मा, पुर्ब जिल्ला सभापति राजेश आचार्य पुर्ब राष्ट्रिय सभा सदस्य दृग नारायण (पप्पु)पाण्डेय, प्रदेश सदस्य माया ज्ञवाली, प्रेमलता भट्ट, गाउपालिका उप प्रमुख कन्यावी उपाध्याय लगायतले मन्तब्य दिएका थिए ।
कार्यक्रमा जिल्ला उपाध्यक्ष सभापति रजत राज आचार्य उपाध्यक्ष हुमकान्त खनाल जिला सचिव शक्ति सिंह ठकुरी जिल्ला सचिव प्रेम बहादुर रायमाझीसह जिल्ला सचिव ओजी अर्सद कोषाध्यक्ष ध्यानेन्द्र हरिबंश मणि त्रिपाठी जिल्ला सदस्य अब्दुल करिम खान सोहरत तेली मोहन शर्मा राम आशिष् पाण्डेय दुर्गेश कु.पाण्डेय संसदीय कार्य समिती सचिव परुवा लाल यादव गंगेश पाण्डेय राजु अर्याल ,राजेश ज्ञवाली मोल्बी हारुन रामदेव कलवार लगायतको सहभागीता थियो ।

प्रकाशित : १८ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६