प्रदेश

स्थानीय तह निर्वाचनमा धेरै स्थानमा हाम्रो उम्मेदवारी हुन्छः राजेन्द्र लिङ्देन




कपिलवस्तु, १८ चैत्र ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै लिङ्देनले पार्टीले राम्रो चुनावी नतिजा हासिल गर्ने पनि दावी गरे ।

‘जे सक्छौ, त्यो गर्छौ, अधिकांश स्थानमा उम्मेदवारी दिइन्छ । पहिलाभन्दा बढी ठाउँमा जित्छौँ’, उनले भने । लिङदेनले पार्टीले यसअघि जितेका चार वटा स्थानीय तहलाई नमूना पालिकाको रुपमा विकास गरेकाले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने दावी गरे ।

उनले राप्रपा स्थानीय तहको निर्वाचनमा एक्लै जाने भन्दै स्थानीय तह भने आवश्यकताको आधारमा चुनावी तालमेल गरेर जान सकिने बताए । राप्रपाले अघिल्लो स्थानीय तहको निर्वाचनमा ७५३ स्थानीय तह मध्ये ४० प्रतिशत स्थानमा मात्रै उम्मेदवारी खडा गर्न सकेको स्मरण पनि गरे । उदयपुरमा हुन लागेको राप्रपाको निर्धारित कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर हुँदै उदयपुर गएका छन् ।

प्रकाशित : १८ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६