अर्थ-वाणिज्य

एनएमबि बैंक र शहरी खानेपानी बीच डिजिटल सेवा प्रवाहको संझौता




कपिलवस्तु १९ चैत्र । एनएमबि बैकं लि गोरुसिंगे शाखाले डिजिटल प्रबिधिको प्रयोगलाई बृद्धि गर्दै सहज र सजिलो बनाउनका निमिक्त एक समाहरोहका बिच कपिलवस्तु जिल्लाको गोरुसिंगेमा रहेको गोरुसिंगे शहरी खानेपानी उपभोत्ता समिती बिच खानेपानीको बिल एनएमबि बैंकको मोबाईल बैकीग सेवा मार्फत भुत्तानीका लागी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।एनएमबि बैकं लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पश्चिमान्चल ग्रामिण बिकाश बैकंका पुर्व अध्यक्ष बिण्णुहरि शर्मा , बुद्धभुमी नगरपालिका वार्ड नं २ का वार्ड अध्यक्ष भेषराज शर्मा खनाल लगाएतले एनएमबि बैकले ग्राहकको सुबिधालाई मध्यनजर गरि घर वाटै सहजै खानेपानीको बिल भुत्तानी सेवाकाली समझदारी हुनु आफैमा गौरवको बिषय भएकाले छिटो छरितो रुपमा सेवा सुचारु गर्नु प्रर्नेमा जोड दिएका थिए ।

समझदारी पत्रमा हस्ताक्षर एनएमबि बैकं लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्ट र गोरुसिंगे शहरी खानेपानी उपभोत्ता समितीका अध्यक्ष नेरन्द्र टण्डनले गर्नु भएको थियो ।सम्झौता पश्चात बुद्धभुमी नगरपालिकाको वार्ड नं दुईका करिव २००० उपभोत्ताहरुले प्रत्यक्ष रुपमा सेवा पाउने शाखा प्रमुख लाल बहादुर भण्डारीले जानकारी दिनु भयो ।त्यसैगरी बैकले हाल सम्म बिकास गरेका नया डिजिटल प्रबिधिको बारेमा जानकारी दिदै खाता खोल्ने देखी कर्जा माग लगाएतका प्रकृयामा घर वाटै ईन्टरनेट वा मोवाईल बैकीङ्गको माध्यमवाट धेरै जसो बित्तिय सेवा लिन सकिने र अवको नयाँ पुस्ताले प्रबिधिको बिकास संगै प्रयोगलाई उच्चतम रुममा उपयोग गर्नु प्रर्नेमा शाखा प्रमुख लाल बहादुर भण्डारी जोड दिनु भएको थियो ।गोरुसिंगेमा रहेका समाजसेबी, ब्यापारी र खानेपानी उपभोत्ता समितीका सदस्यहरु समेतको उपस्थितिमा भएको कार्यक्रमको गोरुसिंगे शहरी खानेपानी उपभोत्ता समितीका अध्यक्ष नेरन्द्र टण्डनको अध्यक्षतामा र एनएमबि बैकं गोरुसिंगे शाखाका कर्मचारी पशुपति अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित : १९ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६