खोज–अनुसन्धान

थारु पत्रकार संघ कपिलवस्तुको नेतृत्वमा सरिता




कपिलवस्तु १९ चैत्र । थारु पत्रकार संघ, नेपाल कपिलबस्तु शाखाको चौथो साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय सचिव कमल सिंह थारुले कला, संस्कृतिको धनी जातिका रुपमा रहेको थारुको इतिहासँगै कला, संस्कृतिको संरक्षणका लागि थारु पत्रकारले इतिहास खोज्नुपर्ने धारणा राख्नुभयो ।यस्तै थारुकल्याणकारीणी सभाका केन्द्रिय सदस्य सुमित्रा थारुले पत्रकारिता माध्यमबाट समाजलाई रुपान्तरण गर्नसक्ने आधार रहेकाले सञ्चारकर्मीलाई सिर्जनात्मक हुन आग्रह गर्नुभयो । यसैगरि थारु कल्याणकारीणी सभा जिल्ला सभापती उमाशंकर थारु, महिला सभाका जिल्ला अध्यक्ष मन्जु थारु, बाणगंगाका नगर सभापति भग्गु प्रसाद थारुले बोल्दै थारु समुदायका मुद्धालाई सञ्चार माध्यमहरुले महत्वका साथ उठाउनुपर्ने उल्लेख गनुभयो।

सञ्चारक्षेत्र भनेकै राज्यबाट पछाडि पारेका दविएका जनताहरुको आवाज बुलन्द गर्ने माध्यम भएको भन्दैे थारु जातिको भाषा, संस्कृतिको संरक्षणमा केन्द्रीय मिडियाहरुदेखि स्थानीय मिडियाहरुले सहयोग गर्नुपर्ने औल्याउनु भयो । यसैविच चौथो अधिवेशनबाट सरिता थारु अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती निर्विरोध चयन भएको छ ।जसको उपाध्यक्षमा सोनकुमारी थारु, सचिवमा सिर्जना थारु, सहसचिवमा नरेश थारु, कोषाध्यक्षमा अनिल रहनुभएको छ भने अन्य सदस्यमा हुनु भएको छ । थारु पत्रकार संघ कपिलबस्तुका उपाध्यक्ष द्धावारीका थारुको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा विभिन्न मिडियामा आबद्ध थारु पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : १९ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६