अन्तर्राष्ट्रिय

राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि श्रीलंकामा संकटकाल घोषणा



श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि संकटकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ । त्यस क्रममा झडपसमेत भएको छ । विरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरीकाे उपस्थिति बढाइएको छ । प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

स्थिति थप गम्भीर हुन सक्ने भन्दै राष्ट्रपति राजपाक्षेले संकटकाल घोषणा गर्नुभएको खबरमा उल्लेख छ । श्रीलंकाको पश्चिमी प्रान्तमा आजदेखि लागू हुने गरी मध्यरातिदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागेको छ । श्रीलंकामा अहिले नियमित रुपमा दैनिक १३ घण्टा लोडसेडिङ हुँदै आएको छ भने खाद्यान्नदेखि पेट्रोलियम पदार्थ किन्नसमेत हम्मेहम्मे परेको छ ।

श्रीलंकाको आर्थिक संकटको मुख्य जड वैदेशिक मुद्राको सञ्चिति शक्तिशाली नहुनु नै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वैदेशिक सञ्चिति स्वाट्टै घट्नुमा मुख्यतया पर्यटन क्षेत्र खस्कनु, अर्गानिक खेतीमा समस्या देखिनु र वैदेशिक ऋण नै भएको भनिएको छ ।

श्रीलंकाको अर्थतन्त्रको एक प्रमुख हिस्सा पर्यटन क्षेत्र हो । अर्थतन्त्रको १० प्रतिशत कुल गार्हस्थ उत्पादनको हिस्सा पर्यटन क्षेत्रको छ । तर, सन् २०१९ को अन्तिमबाट कोभिड–१९ आतंक सुरू भएसँगै श्रीलंकाको यो महत्वपूर्ण आर्थिक क्षेत्र ठप्प भएको थियो ।

प्रकाशित : १९ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६