खोज–अनुसन्धान

धेरैक्षेत्रमा पछि रहको कपिलवस्तुले संचार क्षेत्रमा प्रदेशकै नेतृत्व गर्न सफल :सांसद घिमिरे




सरिता थारु
कपिलवस्तु १९ चैत्र ।आर्थिक, सामाजिक , विकसा निर्माण जस्ता धेरै क्षेत्रमापछि रहको कपिलवस्तुले संचार क्षेत्रमा भने लुम्विनी प्रदेशकै नेतृत्व गर्न सफल भएको राष्टिय सभाका सांसद बिमला घिमिरेले वताउनु भएको छ । एमालेको पोलिटब्यूरो सदस्य समेत रहनु भएकी घिमिरेले कपिलबस्तु संचार गृहले राष्टिय स्तरमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकोे बताउनुभएको छ । मिडियाहरु देखिएको प्रतिस्पर्धामा समयमा आफनो मिडियालाई अब्बल बनाउन सफल भएको घिमिरेको भनाई छ । उहाले कपिलबस्तु संचार सहकारी संस्थाको १३ औ साधारण सभा तथा पांचौ अधिवेशनको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।


उहाले देश विकासको मेरुद्धण्डको रुपमा रहेको संचार क्षेत्रले सत्यतथ्यमा आधारीत समाचार सम्प्रेसण गर्नुपर्नेमा जोड समेत दिनुभयो । यस्तै कार्यक्रममा पूर्व मन्त्री एवम भारतका लागि पुर्व नेपाली राजदुत दिपकुमार उपाध्यायले राष्ट्रियताको सवालमा सबै राजनितिक दलहरु एक ठाउमा हुन आवश्यक रहेको औल्याउनुभएको छ । उहाले देश समृद्ध बनाउन संचारक्षेत्रको भुमिका उल्लेख्य रहने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले संचार माध्यम देशको शासन व्यस्थाकै अभिन्न अंग भएको बताउदै संचार माध्यम सशक्त, निष्पक्ष र प्रभाकारी भए देशमा नै शुसाशन कायम हुने दाबी गर्नुभयो ।
उहाले कपिलबस्तु जिल्लाको विकासका लागि जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा जोड दिनुपर्र्ने बताउनुभयो । यसैगरी कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा कपिलबस्तु जिल्ला इन्चार्ज बलराम अधिकारीले समाजको अवस्था ,राष्ट्रले परिपूर्ती गर्नुपर्ने काम देखि सविधानले निदृष्ट गरेका बिषयको जानकारी दिने थलो संचार माध्यम रहेको बाउनुभयो । साथै यसको दिगो व्यवस्थापनका लागि सम्पुर्ण तवरबाट चासो देखाउनु पर्ने औल्याउनुभयो ।
यस्तै बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले पछिल्लो समय संचार क्षेत्रमा देखिएका विकृतीहरुलाई न्युनिकरण गर्न जिल्लाकै ठुलो संचार गृहको रुपमा रहेको बुद्धआवाजले पहल गर्नुपर्ने प्रस्ट्याउनुभयो । साथै पत्रकारहरुले पनि आत्ममुल्यांकन गर्न अति आवश्यक रहेको दाबी गर्नुभयो । साधारण सभामा संस्थाका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने व्यवस्थापक भेषराज पाण्डेले आगामी कार्ययोजना तथा भावी एजेण्डा प्रस्तुत गर्नुभएको थियो । यस्तै कोषाध्यक्ष दोलख बहादुर पछाईले आर्थिक वर्ष २०७७।०७८ को ९४ लाख १३ हजार ८ सय कुल आम्दानी प्रस्तुत गर्नुभएको थियो । संस्थाका महासचिव सरोज खनाल र सचिव सर्वेन्द्र खनालको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : १९ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६