खोज–अनुसन्धान

बुटवल शहर नै डिजिटलाइजेशन:विद्युतीय घर नम्बरिङ प्रणालीको सुरुवात




बुटवल २० चैत्र । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले विद्युतीय घर नम्बरिङ प्रणाली सञ्चालनमा ल्याएको छ । उक्त प्रणालीको शनिबार शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले बुटवललाई डिजिटलाइजेशनमा यो प्रणालीले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।विकास र प्रविधिको प्रयोग गर्दै बुटवललाई मुलुकको आर्थिक केन्द्र बनाउनका लागि भएका सकारात्मक पहलहरुलाई निरन्तरता दिँदै अगाडी बढ्न उनले सुझाब दिए । बुटवललाई पर्यटन तथा आर्थिक केन्द्रको रुपमा स्थापित गर्नका लागि योजनावद्ध बिकासका कार्यक्रमहरु अगाडि बढाउनु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा बोल्दै उपमहानगरका प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल खुसी जनताको अवधारण अन्तरगत बुटवलमा विद्युतीय घर नम्बरिङ प्रणाली सञ्चालनमा ल्याइएको बताए ।
उपमहानगरमा सम्पन्न भएका तथा सम्पन्न हुने चरणमा रहेका भौतिक तथा पूर्वाधारको बिकास, शैक्षिक क्षेत्रमा भएका लगानी र योजना, स्वास्थ्यका क्षेत्रमा भएका बिकासले बुटवललाई निकट भविष्यमै समुन्नत बुटवल बनाउने दाबी गरे । दिगो बिकासका लक्ष्य अनुरुप दर्घकालिन योजना बनाएर काम अघि बढेको उनले बताए । बुटवललाई बिकासको रोलमोडलका रुपमा बिकास गर्ने काम भएको उनले उल्लेख गरे ।शनिबारदेखि सञ्चालनमा आएको विद्युतीय घर नम्बरिङबाट बुटवल उपमहानगर भित्र रहेका सार्वजनिक कार्यालय तथा स्थलहरु, अस्पताल, शैक्षिक संस्था, घर लगायतका सम्पूर्ण विवरणहरु सजिलै पत्ता लगाउन सकिने छ ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६