खोज–अनुसन्धान

सौचालयमा एसि लगाउने मेयरको नगरमा फोहोर उठाउन बजेट अभाव




जनकपुरधाम २१ चैत । २ असोज २०७४ मा भएको स्थानीय तहको चुनाव जितेपछि जनकपुरधामका मेयर लालकिशोर साहले पहिलो कार्यपालिका बैठकबाटै नगरलाई सफा राख्ने र फोहोरमैला व्यवस्थापन गर्ने निर्णय गराए ।
लामखुट्टे नियन्त्रण, ऐतिहासिक धार्मिक मठमन्दिरको संरक्षण, पोखरीको सौन्दर्यकरण, माटोका भाडा बनाउन प्रोत्साहित गर्ने सहितका धेरै निर्णय त्यो बैठकमा भएको थियो । तर साढे चार वर्षमा पनि त्यो निर्णय अझै कार्यान्वयन भएको छैन ।
‘सधैं फोहोर देखिने यो शहर सफा होस्, मठमन्दिर र पोखरीको संरक्षणका साथै अन्य विकास होस् भन्ने चाहेका थियौं’ जनकपुरधामका संस्कृतिकर्मी मुरलीमनोहर मिश्र भन्छन्, ‘यो शहरको छुट्टै पहिचान भएकाले त्यस अनुरूपको काम हुनुपर्थ्यो तर भएन ।’
फोहोरमैला व्यवस्थापन गर्न माग राख्दै वडा अध्यक्षहरूले मेयरको घरमा लगेर फोहोर थुपारे, कार्यकक्षमा ताला लगाए । तर यसले मेयर साहलाई कुनै असर गरेन ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६