खोज–अनुसन्धान

विद्यालय गैरहेकी छात्राको बीच बाटोमै विभत्स हत्या



काठमाडौं २२ चैत । उदयपुरमा घरबाट विद्यालय गैरहेकी एक छात्राको बीच बाटोमै विभत्स हत्या भएको छ । 

उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको स्थानीय यसोदा खोलामा हत्या भएको हो । मंगलवार विहान उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए । विद्यालयद्वारा एसईई परीक्षालाई लक्ष्यित गरी विहानको समयमा संचालित अतिरिक्त कक्षा लिन घरबाट आउने क्रममा बाटोमा पर्ने यशोदा खोला छेउ सुनुवारको हत्या भएको हो । वालिका हत्याको घटनाले बेलका नगरको सुरक्षामा गम्भीर प्रश्न उठेको भन्दै विद्यालयले छोरीहरुको सुरक्षामा विशेष गम्भीर बन्न राज्यको ध्यानाकर्षण गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले मंगलवार संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाएर कडा सजायँ दिन माग गरेका छन् ।

हत्या गरीएकी सुनुवार एक अनुशासित र मेहनती विद्यार्थी रहेको भन्दै विद्यालयले उनी आगामी बैशाखमा संचालन हुने एसईई परिक्षाको तयारी गरीरहेको जनाएको छ । 

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६