अर्थ-वाणिज्य

सत्ता गठबन्धन वाहेकको बिकल्प खुला: हेप्ने–चेप्ने काम भएको भट्टराईको दावि




रुपन्देही २२ चैत्र ।जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच ०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट गर्नु आफ्नो दललाई मान्य नहुने बताएका छन् । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो पार्टी ०७८ सालमा बनेकाले ०७४ सालको मतका आधारमा गरिने बाँडफाँट स्वीकार्य नहुने बताए ।उनले आफ्नो पार्टी देशलाई विकल्प दिने गरी भर्खरै बनेको भविष्यमुखी पार्टी भएकाले ०७४ सालको मतको कुरा स्वीकार्य नहुने बताएका थिए । नेता भट्टराईले पुराना दल र नेताहरुबाट देश विकास सम्भव नभएको तर्क गर्दै नयाँ परिणामका लागि वैकल्पिक पार्टीलाई रोज्न पनि आग्रह गरेका थिए । पुराना दलहरु राजनीतिक व्यापारी र ठग भएको आरोप लगाउँदै भट्टराईले आफ्नो दल राजनीतिक व्यापारी र ठग नभएको दाबी गरे ।

यस्तै पुराना दलहरुले चुनाव जितेर आफ्ना मान्छेलाई ठेक्का दिने र भ्रष्टाचार मात्रै गरेर मुठ्ठीभर नेता मात्रै धनी भएको उनको टिप्पणी थियो । त्यसैले अबको चुनावमा जनताले विकल्प खोज्नुपर्ने उनको आह्वान थियो । यस्तै विदेशमा युवाको श्रम निर्यात गरेर देश विकास नहुने भन्दै विदेशबाट प्रविधि र पुँजी भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उनले बताएका थिए । अध्यक्ष भट्टराईले पुराना पार्टीले चुनाव जित्दा सिंहदरबारमा मात्रै रहेको भ्रष्टाचार सातै प्रदेश र गाउँगाउँसम्म पुगेको टिप्पणी गरे ।म

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६