खोज–अनुसन्धान

प्रचण्ड र माधव बाहेक अरुसँग चुनावी तालमेल :पोखरेल




दाङ २२ चैत्र।नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी र नेकपा समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने बताएका छन्। प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले माओवादी र समाजवादीसँग चुनावी तालमेल नगरे पनि उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्ध गर्ने दाबी गरे।कम्युनिष्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्न मद्दत गर्ने प्रचण्ड र माधव नेपालहरू कम्युनिष्ट हुन नसक्ने उनले जिकिर गरे। अन्य दलहरूसँग तालमेलको सम्भावना औंल्याएका उनले बाहिर प्रचार गरिए जस्तै गरी राजावादीसंग गठबन्धन गर्न खोजेको भन्ने कुरा सही नभएको बताए। एमालेको गठबन्धन कसैसँग नहुने बरू तालमेल हुन सक्ने उनले तर्क गरे। त्यस्तै, उनले चुनावका कारण मुलुकमा दुई दलीय ध्रुवीकरण भइसकेको बताए।
मुलुकमा कांग्रेस र कम्युनिष्ट गरि दुई दलमात्रै बाँकी रहेको दाबी गरेका उनले कि कांग्रेससँग वा एमालेसँग ध्रुविकृत हुनुको विकल्प नरहेको दाबी गरे। कांग्रेस बुर्जुवाको प्रतिनिधित्व गर्ने हुँदा कम्युनिष्ट हुनुको विकल्प नरहेको उनले बताए। चुनावमार्फत् जनताले आफ्ना प्रतिनिधि छान्न पाउनका लागि हुने भन्दै उनले गठबन्धन गर्दा सबै ठाउँमा एउटै आउने उद्धेश्य राख्नु लोकतन्त्रको बर्खिलाप हुने महासचिव पोखरेलको भनाइ थियो।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६