खेलकुद

आईपीएल क्रिकेटमा बेङ्ग्लाेरले दोस्रो जित



काठमाण्डाै २३ चैत – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दोस्रो जित निकालेको छ ।

वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लाेरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लाेरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

बेङ्ग्लाेरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए । यस्तै दिनेश कार्तिकले अविजित ४४ रन जोडे । राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

राजस्थानका जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लाेरका डेभिड विलि, वानिन्दु हसरङ्गा डी सिल्भा र हर्सल पटेलले १/१ विकेट लिए । जितसँगै बेङ्ग्लाेरले ३ खेलमा ४ अङ्क जोडेको छ । राजस्थानको ३ खेलमा ४ अङ्क छ ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६