खोज–अनुसन्धान

स्वास्थ्यमा लगानी बढाउन प्रदेश सांसदको जोड :सडक विस्तारमा मेयरको होड




अर्घाखाँची २३ चैत्र । अर्घाखँँचीको सितगंगामा स्वास्थ्यमा लगानी बढाउन प्रदेश सांसद रामजी घिमिरेले जोड दिएका छन् । सोही कार्यक्रममा ५ वर्षको अवधीमा १ हजार ५० किमी सडक वनाएको दावि गर्दै मेयर सूर्य प्रसाद अधिकारीले सडक विस्तारमा होडवाजी नै गरेको प्रष्टाएका छन् । जस अनुसार अर्घाखाँची क्षेत्र नं २ का प्रदेश सभा सांसद घिमिरेले जनताको समृद्धि र विकासका साथै प्रत्यक्ष सरोकार शिक्षा र स्वास्थ्यमा हुने भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । शितगंगा १३ मुसिवानमा आयोजित मुसिवान स्वास्थ्य केन्द्रको एक कार्यक्रमका विच उद्घाटन गर्दे सो कुरामा जोड दिएका हुन् ।उनले नगर सड्क बनाउने अभियानमा तिब्रता दिदा यस्ता क्षेत्रमा बजेट घटेको भन्दै जनता स्वस्थ भए मात्र अन्य क्षेत्रको विकास संम्भव हुने बताउदै स्वस्थ मानिस हिडेरै पनी गन्तब्यमा पुग्ने जिकिर गरे ।सो कार्यक्रममा मुसिवान वासीले मुसिवान खोलामा पुल माग गरेपछी त्यसका लागि आफुले प्रदेश सरकारबाट पहल गरेर यथाशिग्र पुल निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा विशिष्ट अतिथि नगर प्रमुख सुर्य प्रसाद अधिकारी ले भौगोलिक हिसावले देशमै ठुलो नगर भएको हुदाँ सिमित बजेटले असिमित काम गरेको भन्दै नेपालको पुर्व पश्चिम राजमार्ग भन्दा बढी अर्थात करिव ५ वर्षमा १ हजार ५० किलोमिटर सड्क , शिक्षा, स्वास्थ्य खानेपानी, पुर्वाधारमा विकास भएको बताए । उनले प्रदेश सरकारबाट शितगंगा क्षेत्रमा राख्ने भनेको उद्योग ग्राम अन्तै लैजाने प्रयास भएको भन्दै तत्काल नगरमा औद्योगिक ग्राम स्थापना गर्न प्रदेश सांसद घिमिरेलाई ध्यानाकर्षण गराएका थिए ।विशिष्ट अतिथि उप प्रमुख टिका रेश्मिले यो अवधिमा ३७ वटा स्वास्थ्य केन्द्र नगरबाट संम्पन्न भएको भन्दै नगरबासीको तिब्र चाहना सड्क संन्जालमा रहेको भन्दै नगरवासीको चाहना अनुसारका सड्क हिँउदमा खन्ने वर्षामा बगाउने गर्दा बजेटको प्राथमिकता अव दिर्घकालिन योजनामा लैजाने बताए ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६