प्रदेश

मेयर शाहले फिर्ता गरे सुविधाको सरकारी गाडी



कृष्णनगर, २४ चैत्र। निर्वाचन अचारसंहिता लाग्नुभन्दा अगावै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले ले सुविधाको सरकारी गाडी फिर्ता गरेका छन ।

स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारबाट लडेर बढी मतान्तरले जित हासिल गरेका कृष्णनगर नगरपालिकाका मेयर शाहले आफू चढ्ने पालिकाको गाडी हस्तान्तरण गरिसकेको बताए ।

शाहले सरकारी स्रोत साधनको दुरुपयोग नहोस भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता लागू हुनु भन्दा पूर्व नै नगरपालिकाको गाडीको साँचो प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई बुझाएको शाहले बताए ।

आइतबार अफिस समयमा नगरपालिका पुगेर सेतो प्लेटको स्कारपियो गाडीलाई नगरपालिका तथा अन्य सरकारी कामकाजका लागि फिर्ता गरिएको छ । अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने योजना शाखा प्रमुख साकिर अहमद शाहले बताए ।

स्थानीय निर्वाचन २०७८ को रौनक बढेसँगै जनप्रतिनिधिहरुले लिने सेवासुविधामा रोक लाग्ने भएकाले जिल्लामै पहिलो स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेर शाहले उदाहरणीय कार्य गरेका छन् ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६